जन सरोकार

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गाल कति डरलाग्दो हुन्छ भन्ने त हामी सबैलाई थाहै छ । यसले टोकेपछि मानिसको ज्यानै जान्छ भने यसको दुष्कर्म भनेको मौरीको चाकाभित्र प्रवेश गरेर मह र मौरी सबैलाई सखाप पार्नु पनि हो अनि यसको टोकाइबाट मानिसको ज्यानै जान्छ ।

यसै क्रममा प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते हुनुभएको थियो ।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उता काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता हुनुभएको हो । उहाँको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन ।

हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भएपनि अझैसम्म फेला नपरेको वडा नं। ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताउनुभयो । कांक्रेबाट घाँस काट्न तीनघरे पुग्नु भएकी ती महिलालाई ढिस्कोले पुरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.