कला/मनोरन्जनकलिउड
दयाहाङ राई र आँचल शर्माको अभिनयमा राजेश पायलको गीत (भिडियोसहित)
लोकप्रिय गायक राजेश पायल राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको ‘त्यो तिमी हौ’ बोलको गीतमा गीतको म्यूजिक भिडियो मिलन चाम्सको निर्देशनमा नायक दयाहाङ राई र नायिका आँचल शर्माले अभिनय गरेका छन् ।
थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखिसकेकी रचनाकार निर्मला राई ‘परिवेश’को गीतमा महाराज थापाको संगीत संयोजन र सुदिप बरालले छायाँकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।
भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्