जन सरोकार

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


केही दिनयता ठूलो पानी पर्न छाडेपछि पहिरोले सताउन छाडेको नारायणगढ –मुग्लिन सडकखण्ड शनिबार विहान अवरुद्ध भएको छ । विहान सुख्खा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।
पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।

सम्बन्धित खबर

Back to top button