दाहसंस्कार गरिसकेपछि कोरोना सङ्क्रमण पुष्टि, धरानमा एक वृद्धको मृत्यु
सिरहाका एक वृद्धमा मृत्युपछि लाहसंस्कार गरिसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सिरहामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका ४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ ।
सिराहमा यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
यसै गरी सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान(१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।
उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्