जन सरोकार

हेयर सैलुन संचालकमा देखियो कोरोना : कपाल काट्नेहरूको खोजी सुरु

सरकारले कोरोना संक्रमणको सबैभन्दा बढी सम्भावना रहेको क्षेत्रमा राखेको सैलुन बन्द गर्न भने पनि लुकिछिपी खोल्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि सो क्षेत्रमा त्रास बढेको छ ।

अहिले सो क्षेत्र सिल गरिएको छ र समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा गएकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरी प्रयोगशाला पठाइएको छ ।

नपाका मेयर कृष्णहरि थापाले सैलुनमा कपाल काट्न कोको गएका थिए, कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको र कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको जानकारी दिनुभयो ।

काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

अहिलेसम्म सो नगरभित्र ७१ जनामा कोरोना पुष्टि भइसकेको रजहाँ कोरोना संक्रमित देखिन्छन् उक्त टोलमा सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब संकलन गरी परीक्षण गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button