राजनीति

म निर्विकल्प अध्यक्ष होइन, उपयुक्त समयमा नेतृत्व हस्तान्तरण हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमालेको निर्विकल्प अध्यक्ष रहेको र अध्यक्ष पद अनुकूल समयमा हस्तान्तरण हुने बताउनुभएको छ । पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो ।

त्यस क्रममा उहाँले पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष माधव नेपाल पक्षलाई एकतामा आउन पनि गर्नुभयो । उहाँले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताउनुभयो ।

आफू निरन्तर पार्टी एकतामा रहेकोा जनाउँदै माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाउँदै सो कार्य अपहरणकारी ज्यादतीपूर्ण काम भएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले सभामुख अग्नि सापकोटाले एमालेले कारबाही गरेको १४ जना सासदलाई पदबाट हटाएको सूचना जारी नगरेर पदीय गरिमा र जिम्मेवारी निर्वाह नगरेको आरोप समेत लगाउनुभयो ।

त्यस्तै उहाँले अध्यादेश एमाले फुटाउन मात्रै ल्याएको दावी गर्दै अध्यादेश असंवैधानिक नभए पनि नियत अलोकतान्त्रिक र दल विशेष विभाजनका लागि ल्याएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.