माधव नेपालको पार्टीमा एमालेका २९ सांसद र ५६ केन्द्रीय सदस्य
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठनको पक्रियामा रहेको “नेकपा एकीकृत समाजवादी” पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन् ।

बुधबार सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् । दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन ।
जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन् । अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ भने एमालेले कारबाही गरेमा सांसद पद जानेछ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याएर पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले औपचारिक विभाजन भएको हो ।
सनाखतपछि नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले दल दर्ता भइसकेको जनाकारी गराएको बताउनुभएको छ । दल दर्ता प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गरेर पार्टीको गतिविधिलाई अगाडी बढाउने उहाँको भनाइ छ ।
नयाँ दलको सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएका नेता पाण्डेले आयोगले दल दर्ता भइसक्यो, दुई घण्टापछि बोलाउँछौँ भनेको जानकारी दिंदै आजै प्रमाणपत्र पाउनेमा आशावादी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्