समाचार

उपत्यकामा केही घण्टा निषेधाज्ञा खुल्ला : थपगर्ने निर्णय भोलि (बुधबार) विहानमात्रै हुने

भदौ ३ गतेदेखि जारी निषेधाज्ञा भदौ १० गतेबाट सकिने भए पनि मंगलबार बसेको उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले थपगर्ने सिफारिश गरे पनि कुनै निर्णय भएको छैन । यस विषयमा बुधबार विहान निर्णय गरिने हुँदा केही घण्टा निषेधाज्ञा रहने छैन ।

यस विषयमा मन्त्रिपरिषद्को निर्णय आएसंगै निषेधाज्ञा अवधि बढाउनेबारे बुधबार बैठक बसेर निर्णय लिइने मंगलबार अबेरसम्म बसेको बैठकले गरेको छ ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरे पनि यसबारे बुधबार मात्रै बैठक बसेर निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभएको छ ।

तीन सीडीओ र सुरक्षा प्रमुखको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने सिफारिस गृहमन्त्रालय मार्फत् गरेका छन्। अन्य जिल्लाको हकमा सीडीओ कार्यालयले नै निषेधाज्ञाको निर्णय गर्ने भए पनि उपत्यकाको हकमा भने प्रशासन कार्यालयको निर्णय गृहमन्त्रालय मार्फत् मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने गरेको छ ।

मंगलबार दिउँसो ३ बजे शुरु भएको बैठक राति अबेरसम्म चले पनि कुनै निर्णय नभएको र बुधबार विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिनुभएको छ ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.