कला/मनोरन्जनकलिउड

जब स्वर्गबाट परी आएको देखे सयोगले (भिडियोसहित)

आज नेपाली संगीतले नेपाली भूगोल पार गरी विश्वव्यापी बनिसकेको छ । जसरी विश्वभर नेपालीहरु छरिएका छन् त्यसै गरी गीत संगीतको पनि प्रचार भैरहेको छ र विभिन्न मुलुकमा रहेका प्रतिभाहरुले त्यही बसेर आफ्नो सांगीतक सिर्जनालाई निरन्तरता दिइरहेका छन् ।

यस्तै एक प्रतिभा हुन् सयोग विक्रम कुँवर राणा । आयरल्याण्डमा अध्ययन गरिरहेका राणा अघिल्लो वर्ष त्यहाँ भएको सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्म पुग्न सफल भएका थिए । नेपालमा रहँदै गीत संगीतमा सक्रिय सयोगले आफ्ना गीतहरु आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा उनले पछिल्लोपटक स्वर्गबाट शीर्षकको गीत सार्वजनिक गरेका छन् । आफ्नै रचना, संगीत र स्वरमा रहेको स्वर्गबाट बोलको डान्स नम्बर गीत प्रचारको अभावले ओझेलमा परेको छ ।

हेर्नुहोस् गीत

सम्बन्धित खबर

Back to top button