राजनीति

जनवादी गायक टुहुरेको निधन- प्रधानमन्त्रीबाट शोक व्यक्त

शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन ।

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो ।

उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय टुहुरेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button