समाचार

थप २४३३ मा सङ्क्रमण, २६ जनाको निधन

कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार ४३३ जनामा देखिएको छ । यस्तै सङ्क्रमणबाट आज एक हजार ९२९ जना निको भएका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३५८.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.