राजनीति

मन्त्री खतिवडाको बाँस्कोटा शैली "सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा छैन"

तत्कालीन सूचना तथा प्रविधि संचारमन्त्री गोकुल बाँस्कोटा सरकारका प्रवक्ता हुँदा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेका प्रश्नको अत्यन्त छुद्र किसिमले जवाफ दिने गरेको भन्दै चर्को आलोचना हुन्थ्यो । तर बाँस्कोटा शैलीलाई शालिन भनिएका मन्त्री डा. यवराज खतिवडाले भदौ ११ गते आयोजित पत्रकार सम्मेलनमा पछ्याउनुभयो ।

बिहिबार सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सममेलनमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताउँदै अत्यन्त छुद्र किसिमले टिप्पणी गर्नुभयो ।

पत्रकार सम्मेलनमा कुलमान घिसिङका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले कलमानलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन भन्दै अत्यन्त हल्का टिप्पणी गर्दै यसअघिका प्रवक्ता गोकुल बाँस्कोटालाई समेत बिर्साइदिनुभो ।

मन्त्रिपरिषद्को भदौ ९ गते बैठक बसिरहेको बेला कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिने निर्णय गरेको भनेर अफवाह फैलिएको थियो र उहाँलाई बधाईका ओइरो लागेका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोही पदमा पुनः नियुक्ति दिइयो भनेर सामाजिक सञ्जालमा बधाइका ओइरो लागे । भदौं २९ गते कार्यावधि सकिन लागेका कुलमानलाई पुनः साही पदमा नियुक्ति दिनुपर्ने दवाव बढ्दो छ ।

हुन पनि अँध्यारोमा बसिरहेका नेपालीलाई उज्यालो दिने कुलमानको कुशल नेतृत्व, कार्यक्षमता र इमान्दारीताका अगाडि विद्युत प्राधिकरणका लुटेरहरुको सातो गयो, कर्मचारीहरु सबै काममा खटिने भए । यसैको प्रतिफल आज मुलुक लोडसेडिङ मुक्त मात्र भएन प्राधिकरण सरकारी संस्थानहरुमा सबैभन्दा बढी नाफा गर्नेमा स्थापित भयो ।

चार वर्षको अवधिमा कुलमानले २७ अर्ब खुद घाटाको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँ नाफामा पुर्याएपछि सिंगो देश (राजनीति बाहेक) उहाँकै पक्षमा छ र सरकारलाई दवाव बढिरहेका बेला सरकारले उहाँको पुनःनियुक्तिको निर्ण गरेन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.