जापान

मोर्डनाको खोपमा दूषित तत्व फेला, खोप अभियान प्रभावित

जापानमा कोरोना भाइरस बिरुद्धको खोप मोर्डनामा दूषित तत्व फेला परेको छ । लगभग १६ लाखभन्दा बढी खोप प्रयोग नगर्ने निर्णय सरकारले गरेको छ ।

स्पेनमा निर्मित सो खोप दूषित पदार्थ निर्माणका क्रममा भएको जनाउँदै जापानको स्वाथ्य मन्त्रालयले बिहिबार मोर्डना खोपका लगभग १६ लाख ३० हजार मात्रा प्रयोग नगर्ने निर्णय लिएको हो ।

समाचार अनुसार पछिल्लो १० दिनमा जापानका आठ खोप केन्द्रमा वितरण गरिएको खोपमा बाहिरी पदार्थ भएको पत्ता लागेको थियो । यी सबै खोपको निर्माण स्पेनमा भएको र जुलाईको मध्यमा जापानमा ल्याइएको थियो ।

स्पेनबाट ल्याइएका १६ लाख ३० हजार खोज देशभरका ८ सय ८६ खोप केन्द्रमा वितरण गरिएको थियो । जापानमा मोर्डना खोपको वितरण गर्ने ताकेदा फर्मायुनिकलका अनुसार खोप लगाइसकेकाहरुले आफूले लगाएको खोपको क्रमसंख्याका बारेमा जानकारी लिन सक्नेछन् । सम्भाजित दूषित खोपको संख्या ३००४६६७, ३००४७३४ र ३००४९५६ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.