जल/वातावरण

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीनजना संक्रमितको मृत्यु

धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुससार प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा प्रदेश १ को मोरङ बेलवारीकी ५६ वर्षीया महिला, झापाको दमक नगरपालिकाका ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

झापाका मृतक एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । नातिनीको भने भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचार भैरहेको छ ।

त्यस्तै त्यस्तै प्रदेश २ को सिराहा जिल्लाको सिराहा नगरपालिकाका २ का ५५ वर्षीय पुरुषको बिहीबार बेलुका मृत्यु भएको हो । मृत्यु हुने दुबै पुरुष मुटु, उच्च रक्तश्राप र मधुमेहको दिर्घरोगी भएको सापकोटाले जानकारी दिनुभयो ।

मृतक दुबै पुरुषका परिवार सम्पर्कमा आए पनि महिलाका परिवार सम्पर्कमा आएका छैनन् । तीनै जनाको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.