राजनीति

वर्तमान सरकारले नै निर्वाचन गराउँछ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभएको छ । धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताउनुभयो ।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उहाँले भन्नुभयो, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।” उहाँले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताउनुभयो ।

डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो । –––

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button