खेलफूटबल

साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता

राजधानीमा सम्पन्न साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बुधबार भएको फाइनलमा घरेलु टोली नेपालमाथि ४-१ को प्रभावशाली जित निकाल्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशसँग पराजित भएसंगै नेपाल उपविजेतामा सिमित बनेको छ।

साफ यू-२० च्याम्पियनसिप

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको एकतर्फी खेलमा बंगलादेशको लागि मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नाेभाले एक गोल गर्दा यता नेपालका लागि समीर तामाङले सान्त्वना गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिलजुलले फ्रि-किकमा गोल गर्दै बंगलादेशलाई १-० को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५५औं मिलजुल इस्लामले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस्तै खेलको ७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए पनि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशका लागि नाेभाले गाेल गर्दै टोलीलाई ४-१ काे जित दिलाए ।

साफ यू-२० च्याम्पियनसिप

नेपाल पहिलो सेमिफाइनल भुटानलाई तथा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउमा पराजित गर्दै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.