‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ नहुँदा…
नेपाली समाजमा श्रीमान श्रीमतिको झगडा वा विवादलाई परालको आगोका संज्ञा दिइन्छ । किनभने एकछिन झगडा गर्यो एकछिनपछि फेरि मिल्यो ।

तर आजभोलि झगडाले हत्याकै रुप लिन थालेको छ । समाचार अनुसार घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आइतबार ७८ वर्षीया श्रीमानका हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो ।
आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्