जन सरोकार

भदौ १५ गतेदेखि विद्यालय खुल्ने

कोरोना भाइरस संक्रमणको दोस्रो लहरसंगै बन्द रहेका विद्यालयहरु विस्तारै खल्ने क्रम सुरु भएको छ । यस क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा यही भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय खुल्ने भएका छन् ।

नगरपालिकाले आवश्यक भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पूर्ण शतर्कताका साथ भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

यसअघि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडाध्यक्ष, पेशागत संस्थाका प्रमुखहरुबीचको अन्तरक्रियापछि भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न सकिने सिफारिश गरिएको थियो ।

सोही सिफारिश अनुसार नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले एक नगरपालिकाभित्रका सबै विद्यालयहरु आवश्यक सुरक्षा प्रबन्धको कडाईका साथ पालना गरी भौतिक उपस्थितिमै संचालन गर्ने निर्णय गरेको हो ।

शिक्षा, यवा तथा खेलकूद शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा २०७५ भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय संचालन गर्ने निर्णय भएकाले सोही अनुसार नै विद्यालय संचालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन सबैलाई अनुरोध गरिएको छ ।

त्यस्तै विद्यालय स्वयंले स्वास्थ्य सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न र सो अनुसारको वातावरण नभएको पाइएमा नियमानुसार कारबाही हुनेतर्फ सचेत समेत गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.