जल/वातावरण

कोरोना संक्रमणबाट मृृत्यु हुनेको संख्या बढ्दै- आइतबार १४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या जसरी बढिरहेको छ मृत्यु हुनेको दर पनि सोही अनुसार बढिरहेको छ । आइतबार मध्यान्हसम्म मात्र वितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका बिभिन्न जिल्लामा १४ जना कोरोना संक्रमितको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ४ जना महिला १० जना पुरुष रहेका छन् । मृत्यु हुनेमा सुनसरी, बारा , महोतरी र काठमाडौां एकएकजना गरी ४ जना महिला र सुनसरी र मोरङमा उकएक तथा महोत्तरीमा २ जना रहेका छन् ।

त्यसै गरी रौतहट १, ललितपुर १, भक्तपुर १, नवलपरासी १ र रुपन्देही २ जना गरी १० पुरुषको ज्यान गएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.