असल काम गर्नुपर्छ भनेर ईश्वरका नाममा शपथ खाँदैनन् : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा काठमाडौ क्षेत्र नं. ५ द्वारा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष एवं पूर्वमन्त्री कुन्ती कुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको विशेष आतिथ्यता र महिला संगठनका सल्लाहकार प्रलिता थापाको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले महिलाहरु घरलाई ब्यबस्थापन गरी अब समाज चलाउनको लागि घरबाट निस्केर समाजका गतिबिधिमा लाग्न आब्हान गर्नुभयो ।
मन्तव्यका क्रममा उहाँले तत्कालीन समयमा आफ्नो जीवनलाई हत्केलामा राखेर यो पार्टीमा लागेका आफूहरु सिपाही हौं भन्दै अहिले राजा र धर्म बेचियो भन्ने आरोप सहित भ्रमहरु फैलाइए पनि त्यो सत्य नभएको बताउनु भयो ।
आफू पनि राप्रपाका अध्यक्षसंगै प्रत्यक्ष काम गर्दै आएको र पार्टीका तमाम गतिविधिको साक्षीको रुपमा रहेकोले यस्ता हल्लाहरुका पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा उहाँले अहिलेको समाजमा ८ वर्षकी बच्चीदेखि हजुरआमासम्म बलात्कृत भएको दृष्टान्त दिंदै यस्तो कुकर्मसनातन धर्म र संस्कृतिको नभए पनि धर्म मासिंदै गएकाले अब धर्म संस्कृतिको जर्गेना गर्न जरुरी रहेको बताउनु भयो ।
अमेरीकामा राष्ट्रपति भएपछि बाईबल हातमा राखेर शपथ खाएर कुर्सी समाल्ने परम्परा रहेको तर नेपालमा भने नेताहरु ईश्वरको नाममा कसम खान समेत हिचकिचाउने गरेको बताउनु भयो ।
उहाँले थप भन्नुभयो जनताका नाममा कसम खाँदा धर्मी भइँदैन ईश्वरका नाममा कसमा खाएपछि त सत्य काम, सत्य कर्म गर्नुपर्छ भनेर नेताहरु डराएर ईश्वरको नाममा कसम नखाने गरेको समेत आरोप लगाउनु भयो ।
शाहीले नेताहरुलाई केही पनि डरत्रास नभएको बताउदै समाज जुन बाटोमा गईरहेको छ । समाजलाई त्यो बाटोबाट रोक्नको लागी राम्रो समाज निर्माण गर्नको लागी सनातन धर्म र संस्कृतिको संरक्षण तथा संघीयता खारेज गर्नका लागि सबै गोलबद्ध भएर राप्रपाको अभियानमा लागिपर्न समेत अपील समेत गर्नुभएको छ ।
शाहीले देश अहिले बैदेशिक ऋणको बोझले खोक्रो बन्दै गएको, स्थानीय तह, प्रदेशमा ब्यापक भष्टचार भैरहेको, स्वास्थ्य सामाग्री खरीदमा समेत ठूलो भष्ट्राचार गरी देश खोक्रो हुँदै गएको बताउनु भयो ।
कार्यक्रम संगठनका महासचिव सुनिता कुरुम्बाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन संगठनका महासचिव कुमारी तामाङले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्