राजनीति

गगनद्वारा महामन्त्री पदमा उम्मेदवारीको घोषणा

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएकोहो ।

१३औं महाधिवेशनमा पनि थापा कृण सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो भने उहाँका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बन्नुभएको थियो ।

ससुरा र ज्वाईको प्रतिस्पधामा रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित हुनुभएको थियो । त्यतिबेला ५ सय ८४ मत पाउनुभएका थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.