राजनीति

ओली नेतृत्वको सरकार वामपन्थी थिएन : खनाल

पूर्व प्रधानमन्त्री तथा नवगठित नेकपा एकीकृत (समाजवादी) वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको सरकार आफैंमा निरंकुश भएको त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हुनाले वामपन्थी सरकार ढालेको भनेर गोहीको आँसु झार्न नपर्ने टिप्पणी गर्नुभएको छ ।

भारतमा मृगौला प्रत्यारोपण गरेर आज स्वदेश फर्किनुभएका नेता खनालले त्रिभुवन विमानस्थलमा खनालले कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी नभएको र निवर्तमान सरकार कम्युनिस्ट पार्टीको नाममा बद्नाम भएको बताउनुभयो ।

त्यस्तै नयाँ पार्टी गठन गर्नु अपरिहार्य रहेको बताउँदै खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताउँदै भन्नुभयो ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो । यो विद्रोह नवनिर्माणका निम्ति हो ।’

त्यस्तै उहाँले आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने ऐतिहासिक फैसला गरेको बताउँदै यसले लोकतन्त्र, संसद र संविधानको रक्षा गरेको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.