जल/वातावरण

देशभर थपिए ८ सय ९९ संक्रमित : काठमाडौं उपत्यकामा मात्र २ सय ९८ जना

भदौ १५ गते सोमबार नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये २ सय ९८ जना काठमाडौं उपत्यकाभित्र रहेका छन् । यीमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय ९० छन् भने भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना छन् । यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने अहिलेसम्म २ सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको पिसीआर परीक्षणबाट ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । २४ घण्टामा देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २१ हजार ४ सय ९० जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ सय ८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन् । नेपाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ ।

सम्बन्धित खबर

Back to top button