राजनीति

काठमाडौ महानगरका नगरपिता शाक्यलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमणले आक्रान्त बनिरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि संक्रमित हुनुभएको छ । समाचार अनुसार मेयर शाक्यलाई कोरोना संक्रमण भए पनि लक्षण देखिएको छैन र होम आइसोलेसनमा बस्नुभएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उहाँकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएपछि मेयर शाक्यको परीक्षण नतिजा पोजेटिभ आएको हो भने उहाँकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना कहाबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खबर

Back to top button