जापान

जापानबाट संगीतकार मल्लको ‘आकाशै खसेर’ (भिडियोसहित)

नेपाली सांगीतिक क्षेत्रमा दुईदशक निरन्तर रूपमा कृयाशील लोकप्रिय लोकदोहोरी गायक एव संगीतकार रामकृष्णबम मल्लद्वारा संगीतबद्ध “आकाशै खसेर” बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार नारायण कँडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन केसीको स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ ।

मिन थापाको निर्देशन, गोविन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन रहेको म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन् । गीत प्रवासी नेपाली अनलाईन टि भि युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।

जापानको बिभिन्न ठाउमा छायांकन गरिएको उक्त गीतका सर्जक संगीतकार रामकृष्णबम मल्ल बिगत एकदशक यता जापानमा रहदै आएका छन भने मल्ललाई जापानमा रहेका बिभिन्न सामाजिक राजनीतिक सांस्कृतिक क्षेत्रमा स्कृय भुमिका मा देख्न सकिन्छ । उनी जापानको चिवाकेनको माचुदो शहरको अन्तर्राष्ट्रीय सांस्कृतिक दुतको रूपमा पनि कृयाशील छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button