राजनीति

दानवीर राय, जसले नगरपालिकाको भवन बनाउन दिए एक करोड बराबरको जग्गा

नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गर्नुभएको छ ।

औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उहाँले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिनुभएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।

“हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौँ”, उहाँले भन्नुभयो, “सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।”

आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारीदिनुभयो ।

“म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे”, उहाँले भन्नुभयो, “ आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।”

अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उहाँले बताउनुभयो । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिनुभयो । “जग्गा प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “भवन चाँडै बन्ने गरी काम थाल्नेछौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.