जापान

जापानमा डेल्टा भेरियन्टको नयाँ उत्परिवर्तन पुष्टि

जापानमा कोरोना भाइरसको डेल्टा प्रजातिको नयाँ उत्परिवर्तनको पुष्टि भएको छ । उत्परिवर्तित भाइरसको प्रसार क्षमताबारे भने अझै स्पष्ट भैसकेको छैन ।

टोकियो चिकित्सा एवं दन्त विश्वविद्यालय अस्पतालका सहायक प्राध्यापक हिरोआकी ताकेउची नेतृत्वको एक समूहले यसको पुष्टि गरेका हुन् ।

अनुसन्धान समूहले गत अगस्टमा अस्पताल भएका डेल्टा भेरियन्ट एक संक्रमितमा नयाँ प्रकारको उत्परिवर्तन पाइएको हो । अनुवांशिक विश्लेषण अनुसार उनमा एन ५०१ एक उत्परिवर्तन भएको पत्ता लागेको हो ।

अनुसन्धानकर्ताहरुले जापानमा यस्तो संक्रमण ८ जनामा भएको सार्वजनिक गरेका छन् । एन ५०१ एस उत्परिवर्तन पहिलोपटक बेलायतमा पाइएको अल्फा भेरियन्ट एन ५०१ वाई जस्तै रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.