फूटबल

नेपाल कसैलाई खुसी पार्न हैन- जित्नका लागि खेल्ने छ

भोलि बिहिबार काठमाडौंको दशरथ रंगशालामा नेपालले चीरपरिचित प्रतिद्वन्द्वी भारतसंगको दुई मैत्रीपूर्ण खेलको पहिलो खेल खेल्दैछ । खेलअघि आज भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुबै खेल जित्नका लागि खेल्ने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले नेपालको प्रदर्शन गर्वलायक हुने बताउँदै भारत निकै बलियो र फिफा वरीयतामा हामीभन्दा निकै माथि छ भए पनि हामी जितकै लागि खेल्ने दृढता जनाउनुभयो ।

दुई टिमबीचको इतिहासमा पनि भारत नै अगाडि देखिए पनि हाम्रो प्रदर्शन कसैलाई खुसी पार्न नभएर टिमको प्रदर्शन गर्व गर्नलायक हुने र खेलको उद्देश्य पक्कै पनि बराबरीका लागि नहुने बताउनुभयो ।

प्रशिक्षक अल्मुताइरीले एक महिनापछि हामी साफ च्याम्पियनसिप खेल्दैछौं र हाम्रो मुख्य उद्देश्य भनेको त्यसै प्रतियोगितामा राम्रो गर्नु हो । त्यसैले पनि अहिलेको मैत्रीपूर्ण खेल त्यसकै तयारीका रूपमा पनि हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आफ्नो लागि देशको प्रतिनिधित्व गरेर खेल्नु नै ठूलो कुरा भएको बताउनुभयो । उहाँले ‘भारतविरुद्धको दुई खेलका क्रममा म नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछु, यो मेरो लागि धेरै खुसीको उपलब्धि हुने ।’ बताउनुभयो ।

त्यस अवसरमा भारतीय प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सजिलो नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.