जन सरोकार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

कोरोना संक्रमण नियन्त्रणका लागि विगत दुई सातादेखि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता बढाइएको छ । बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो ।

निषेधाज्ञा थप गर्ने निर्णय भए पनि यसको औपचारिक जानकारी भने दिइसकिएको छैन । निषेधाज्ञाका अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा भने यसअघिकै जस्तो रोक लगाइएको छैन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ ।

त्यसै गरी नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी बुधबार राति १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.