विराटनगरमा १८ वर्षमाथिका विद्यार्थीलाई खोप दिएर विद्यालय संचालन हुने
कोरोना भाइरस संक्रमणकाा कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु पूर्ण रुपमा संचालनको टुंगो अझै नलागिसकेका बेला स्थानीय तहहरुले भने खोप दिन मिल्ने (१८ वर्षमाथिका) विद्यार्थीलाई खोप दिएर विद्यालय संचालनको तयारी थालेका छन् ।

यसै क्रममा विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ । महानगर क्षेत्रका निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि अधिकांश सार्वजनिक विद्यालय बन्द छन् ।
महानगर क्षेत्रमा बालविकास संस्थाबाहेक सार्वजनिक, संस्थागत विद्यालय, मदरसा गरेर १ सय ८१ वटा शिक्षण संस्था छन् । ती संस्थामा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
महानगर प्रमुख भीम पराजुलीले विद्यार्थीलाई सधैं घरमा राखेर उनीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने भन्दै पहिलो चरणमा १८ वर्ष पुगेका विद्यार्थीलाई खोपको व्यवस्था गरेर विद्यालय चलाउने र त्यसपछि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप दिने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्