जन सरोकार

गोकर्णेश्वरबाट घरघरमा खोप सेवा

कोरोना भाइरस बिरुद्धको खोप लगाउन लाइन बस्न शारीरिक रुपमा असमर्थ रहनेहरुलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले घरघरमा पुगेर खोप दिन सुरु गरेको छ ।

आज सो नगरपालिकाको वडा नं. ९ का ८० वर्षमाथिका ज्येष्ठ नागरिक र शारीरिक रुपमा असक्षम अपांगहरुलाई घरघरमै पुगेर खोप लगाइएको हो ।

अति वृद्ध शारीरिक रुपमा अपांग भएकाहरुले खोप लगाउन नपाएको गुनासो बढिरहेका बेला नगरपालिकाले सबै वडाहरुलाई घरघरमा पुगेर खोप लगाउन पत्राचार गरेअनुसार खोप सेवा दिइएको वडाध्यक्ष राजिव थापाले बताउनुभयो ।

यसै गरी वडा नंं ८ ले पनि सोही वर्गका नागरिकलाई घरघरमाा पुगेर खोप सेवा दिने तयारी गरेको छ । वडाले सार्वजनिक सूचना जारी गरी ८० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तहरुले नाम टिपाउन आव्हान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button