जापान

टोकियोमा उपचारार्थ भोजपुरका आईन्द्र राईको निधन, परिवारद्धारा सहयोगको याचना

जापानमा रोजगारी गर्दै आउनु भएका भोजपुर रामप्रसाद राई गाउँपालिकाका ३८ वर्षिय आईन्द्र राईको उपचारका क्रममा बुधबार मृत्यु भएको छ।
कलेजोमा संक्रमण भई जापानमै उपचार गराउदै आउनु भएका राईको टोकियो आशागाया स्थित खावाकिता सोगोउ अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आठ वर्ष अघि कुक भिषामा जापान आउनु भएका राईको कलेजोमा संक्रमण भई विगत एकवर्ष देखि उपचारार्थ हुनुहुन्थ्यो।
दुई छोरा तथा श्रीमतिसंग टोकियोमा बस्दै आउनु भएका राई गत साता मात्र आशागाया खावाकिता सोगोउ अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो। उपचारार्थ राईलाई बुधबार दिउसो चिकित्सकले मृत घोषणा गरेको थियो।
यसैबीच आर्थिक अवस्था कमाजोर रहेका राईको दाहसंस्कारका लागि आर्थिक सहयोग गरिदिनु सहयोगी मनहरुलाई मृतकी श्रीमती कुसुम राईले आग्रह गर्नुभएको छ। मृतक राईको यहि शनिबार टोकियोमा अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ।
सहयोगका लागि श्रीमती राईको जापान पोष्ट बैक खाता नम्बर १००२०-५९७१०६९१ (कुसुम राई) ।

Japan post bank
ライ クスム
A/c No. 10020-59710691
Contact Phone No: 070-4126-0994

सम्बन्धित खबर

Back to top button