विश्व समाचार

अमेरिकामा फेरि प्रहरीको गोलीबाट एकजनाको मृत्यु

केही समयअघि प्रहरीले एक अश्वेत नागरिकको हत्या गरेको घटनाले लिएको उग्ररुप नसेलाउँदै अमेरिकी राजधानी शहर वासिङ्टन डिसीको दक्षिणपूर्वमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ ।

महानगरीय प्रहरी विभागका अनुसार उक्त घटना मंगलबार राति करिब ८ः३० बजे अरेन्ज स्ट्रिटमा भएको हो । प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ ।

वासिङ्टन डिसीका प्रहरी प्रमुख पिटर न्यूशामले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति चढेको सवारी साधनलाई लखेटेको र गाडीबाट केही व्यक्ति भागेको जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

Back to top button