एमसीसी खारेजको माग गर्दै अमेरिकी दूताबास अगाडि प्रदर्शन
नेपालमा चर्को राजनीतिक विवादको रुप लिएको परियोजना अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गराउने तयारी भैरहेको खबर बाहिरिएसंगै यसबिरुद्ध बिरोध सुरु भैरहेको छ ।

यसै क्रममा केही युवाहरुले काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट बिरोध प्रदर्शनमा उत्रिएका युवाहरुलार्य प्रहरीले नियन्त्रणमा लिएको थियो ।अभियानका संयोजक निर्ग जैसी (नवीन)ले सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको छ ।
जैसीका अनुसार पक्राउ पर्नेहरुमा उहाँसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।
माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जैसीले आफ्नो नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्