जन सरोकार

मृत अवस्थामा १२ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । धनकुटा, महालक्ष्मी नगरपालिका-६ गुठीगाउँ बस्ने ४० वर्षीय उद्धव बर्देवा सोही नगरपालिका-६ स्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेनपार्कस्थित घरको आँगनमा सोही महानगरपालिका-११ इमुखेल बस्ने ३१ वर्षीय संगम देउला सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सर्लाही, बरहथवा नगरपालिका-११ डियर बस्ने ४५ वर्षीय बिकाउ भन्ने खुबलाल राय आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उता झापा, शिवसताक्षी नगरपालिका-१० दोमुखास्थित कन्काई माईखोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-४ आलडागी बस्ने २४ वर्षीया अस्मिता खड्का घर नजिकै रहेको धारामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता मकवानपुर, बाग्मती गाउँपालिका-४ चौरादोभानस्थित बागमती खोलाको बिच बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी कपिलवस्तु, बिजयनगर गाउँपालिका-४ मिजुनियया बस्ने बेकारू रैदासको छोरी १६ वर्षीया पुष्पा रैदास सोही ठाउँस्थित ताडी पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै पाँचथर, हिलिहाङ गाउँपालिका-२ सिरूपास्थित काबेली खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेबस्थित महाकाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता रूपन्देही, सैनामैना नगरपालिका-३ हाटबजार लाईन बस्ने ३४ वर्षीय शिव शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-१ देबीनगरस्थित बाटोको कल्भर्ट मुनी सोही ठाउँ बस्ने ३५ वर्षीय बसन्त चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिन्धुली, तिनपाटन गाउँपालिका-८ पिप्ले गिरीटोल बस्ने ९० वर्षीय पन्चे तामाङ सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

शनिबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.