जन सरोकार

अफगानिस्तानबाट हालसम्म आठसय ६० जनाको उद्धार

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार रातिदुई र शुक्रबार एक जना काठमाडौँ आइपुगेकोसंगै आठसय ६० जनाको उद्धार भएको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धितनिकायसँग समन्वयभइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आजअपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमन पछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवाविभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.