राजनीति

खराब स्वास्थ्यकाबीच एमाले अध्यक्ष ओली सक्रिय, एमसीसीबारे मागे देउवा र प्रचण्डको धारणा

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आए पनि राजनीतिक सक्रियतालाई भने कायमै राख्नुभएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले शुक्रबार पार्टीका विभिन्न कार्यक्रम र भेटघाट रोक्नुभए पनि शनिबार भने सक्रिय हुनुभयो ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा माग गर्नुभएको छ ।

एमसीसी झुक्याएर पास गर्न खोजिएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश समेत पोख्नुभयो ।

उहाँले भन्नुभयो ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप हुनुहुन्छ ।’

त्यस्तै ओलीले कुनै सीमा विवाद नभएको चीनसंग कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्यो भन्ने प्रश्न गर्दै सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.