राजनीति

१५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनुभएको छ ।

शशाङ्क कोइराला

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो ।आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उहाँ यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।” महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उहाँले थप्नुभयो, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.