जन सरोकार

सहोदर दाजु-बहिनीबीच सहमतिमा शारीरिक सम्पर्क : विवाह गर्ने तयारीपछि परे पक्राउ

छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...

सोलुखुम्बुमा एक परिवारका सहोदर दाजु र बहिनीबीच विवाह गरी गाउँ नै छाड्ने सहमतिमा शारीरिक सम्पर्क राख्ने गरेको खुलेको छ । दाजु बहिनीबीच त्यस्तो सम्बन्ध रहेको पत्तो पाएपछि आमाले दिएको हाडनाता करणीको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार अनसार सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.