जल/वातावरण

डल्लुमा होम आइसोलेसनमा बसेका ६८ वर्षीय संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमणपछि आफ्नै घरको आइसोलेसनमा बसेका एक वृद्धको निधन भएको छ । समाचार अनुसार काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लुस्थित विजयश्वरीका ६८ वर्षका पुरुषको होम आइसोलेनमै मृत्यु भएको हो ।

लामो समयदेखि मिर्गौला रोगले पीडित उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि घरकै आइसोलेसन बसिरहेका उनको शनिबार बेलुकातिर मृत्यु भएको समाचारमा जनाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार घरमै आइसोलेनमा बसिरहेका बेला शनिबार उनको निधन भएको हो ।

यही भदौ १७ गते ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।

त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आइतबार मृत्यु भएको हो ।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ । तीन–चार दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक मधुमेहको रोगीसमेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।

यसै गरी चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो।

भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.