जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । गुल्मी, मुसिकोट नगरपालिका-४ दिगामचौरस्थित बडिगार्ड खोलामा सोही नगरपालिका-१ बस्ने ८५ वर्षीया ढकल कुमारी घिमिरे बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-३ भगवती टोल बस्ने श्याम नारायण यादवकी छोरी ४ वर्षीया दिक्षा यादव सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-७ स्थित नेपाली नहरमा हाल नाम, थर, वतन नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । उता कैलाली, लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको भंगालोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १२ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.