राजनीति

‘तपाईहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस् भन्दै कामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “तपाईहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !”

प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गर्नुभएको छ ।

“बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उहाँले स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.