जन सरोकार

ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सन्देशले ग्रिस पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.