इन्द्रजात्रामा राष्ट्रपतिको स्वागतमा उपस्थित बालेन प्रधानमन्त्री आउँदा अनुपस्थित
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । इन्द्रजात्रा हेर्न आउनुभएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वागत गर्नुभयो ।
त्यस्तै इन्द्रजात्रा हेर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति थियो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने भएकाले काठमाडौं महानगरपालिकाले वसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।

इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरूको सहभागिता हुने गर्दछ । आयोजकका हिसावले काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्दछन् । यसपालिको इन्द्रजात्रामा मेयर बालेन राष्ट्रपति पौडेललाई स्वागत गरेर उहाँसँगै मञ्चतर्फ अघि बढ्नुभएको थियो ।
प्रधानमन्त्री ओलीसँगको मनमुटावका कारण मेयर शाह स्वागतमा अनुपस्थित भएको देखिन्छ । प्रधानमन्त्रीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले स्वागत गर्नुभएको थिथयो ।





प्रतिक्रिया राख्नुहोस्