जन सरोकार

जब प्रहरीले हत्यालाई आत्महत्या बनाउने प्रयास गर्दै जाहेरी लिएन…

सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाउनुभएको छ । निजकी छोरी रिङ्कीकुमारी मेहता (महतो) विराटनगरस्थित इडेन बर्क कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

पुलिस

सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण गरी घरमा लगेर हत्या गरेको आइतबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जयशङ्करले आरोप लगाउनुभयो ।
“मेरी छोरीलाई घरमै हत्या गरी सल घाँटीमा बेरेर झुण्डाई आत्महत्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पीडित बनाएको छ । यस घटनामा प्रहरी प्रशासनले वास्तविकता छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतकका बुबा जयशङ्करले भन्नुभयो ।

यस्तो जघन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै जयशङ्करले आफ्नी छोरीको हत्या भएको निवेदन हुलाकमार्फत पठाउनु पर्दा आफू झनै पीडित भएको बताउनुभयो । आफ्नी छोरीको हत्या गर्नेलाई कानुनी कारबाही हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.