जल/वातावरण

पुल्चोक झडपमा पक्राउ परेकामध्ये छजनामा कोरोना संक्रमण

रातो मच्छिन्द्रनाथको रथ जवर्जस्ती तान्ने क्रममा गत बिहीबार पुल्चोकमा भएको झडपका क्रममा पक्राउ परेकामध्धये छ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पक्राउपछि पिसीआर परीक्षण गरिएका १६ जनामध्ये छजनामा संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार सोमबार रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको र उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ ।

प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेकोमा तीन जनालाई छोडिसकेको छ । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरिसकेको छ ।

प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर

Back to top button