जन सरोकार

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणपछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उहाँले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.