जापान

जापानी जेलबाट निरजको पुकार- नखाएको विष लाग्ने भो, मलाई बचाइदिनुस्

विना प्रमाण जापानको जेलमा सजाय काटिरहेका निरज गिरीले आफू निर्दोष रहेको भन्दै न्याय दिलाउन गुहार मागेका छन् । निरजले एक विज्ञप्तिमार्फत जापानी प्रहरीले झुटा कागजात बनाइ ज्यानमारा सावित गर्न खोजेकाले आफूलाई बचाउन समपूर्ण नेपालीमाझ अपील गरेका छन् ।

उनका अनुसार प्रहरीले झुठा कानुनी कागजात तयार गरी चिबा केनको जिल्ला अदालतमा पेस गरेको र सोही कागजातका आधारमा ज्यनमाराको मुद्दा चलाएर चिबाकेनको जिल्ला अदालतले १८ बर्षको जेल सजाय सुनाइसकेको जानकारी दिएका छन् ।

उनले आफ्नो कोठामा लाश देखेपछि आफै पनि फस्छु भन्ने डरले लाश लुकाएको जनाउँदै सोही सन्दर्भलाई लिएर आफूलाई नै हत्यारा सावित गर्न खोजेको बताएका छन् । त्यस्तै उनले अदालतले तोकेको १८ वर्षको जेल सजाय फैसलाबिरुद्ध अञ्चल अदालत टोकियोमा मुद्दा दर्ता गराएको र त्यसको फैसला यही सेप्टेम्बर २८ तारिकमा हुने समेत जानकारी दिएका छन् ।

गिरीले आफू निर्दोष रहेको भए पनि कानुनी वा अन्य प्रकारको मद्दत गर्ने कोही भएको जनाउँदै घटनाका बारेमा दुई वर्षअघि नै एनआरएनए जापान, नेपाली दूताबासका साथै नेपालस्थित परराष्ट्र मन्त्रालयलाई समेत पत्र पठाएको जनाएका छन् ।

आफू अहिले पनि जेलमा रहेको र हालसम्म कतैबाट केही सहयोग नभएको र कसैले पनि कुनै जानकारी लिन नआएकोमा दुःखेसो व्यक्त गर्दै अहिले एन्जाइ नाम गरेको संस्थाले सहयोग गर्न खोजेको जानकारी दिएका छन् ।

गिरीका अनुसार आफ्ना कुरा सम्बन्धित संस्थालाई बताउन एनआरएनए जापानका पदाधिकारी र जापानमा रहेको नेपाली राजदुतावासका प्रतिनिधिमार्फत जानकारी गराउनुपर्ने भए पनि अहिलेसम्म दुबै निकायबाट चासो नदिइएको गुनासो गरेका छन् ।

आफूले निर्दोष रहेको भन्दै हालेको मुद्दाको फैसला हुन धेरै दिन बॉकी नरहेकाले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुले निर्दोष भएर पनि जेल सजायँ भोग्नुपर्ने अवस्थाबाट मुक्त गराउन पहल गर्न अनुरोध गर्दै आफूले कसैको मैले ज्यान मारेको छैन बिना आधार फसाइएको दावी गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.