जन सरोकार
दश जोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह
दाइजोप्रथाले आक्रान्त तराई मधशमा विस्तारै यसबिरुद्ध चेतना जागृत हुँदै गएको छ । यसै क्रममा धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले अन्तरजाती सामूहिक विवाह गरेका छन् ।
सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो ।
सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो ।
यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्