राजनीति

वाइसिएल संयोजकमा सुमन देवकोटा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन हुनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा मंगलबार बसेको वाइसिएल केन्द्रीय समितिको बैठकले सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ ।

वाइसिएलको अघिल्लो साता सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो । सङ्गठनलाई थप गति दिने लक्ष्यका साथ आगामी फागुनमा पुनः राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत आजको बैठकले गरेको वाइसिएलले जनाएको छ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक, सामाजिक क्षेत्रमा युवालाई रचनात्मकरूपले परिचालन गरी समाजवाद स्थापनाको लक्ष्यमा लाग्न निर्देशन दिनुभयो ।

राजनीतिक परिवर्तनमा युवाले देखाएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले प्रतिगमनकारी प्रवृत्ति परास्त भए पनि पूर्णरूपमा परास्त नभएकाले त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । वाइसिएलको केन्द्रीय समिति २३१ सदस्यीय रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.